Posts

Showing posts from January, 2025

लुम्बिनी टुर वृतान्त !

 हेड सरले शिक्षक माझ झ्वाट्ट भन्नुभयो । विगत ३ - ४ वर्षदेखि शैक्षिक भ्रमण भएको छैन। के यो वर्ष जान सकिन्छ ? सम्भावना छ ?! विद्यार्थीहरूको क्रयशक्ति नहुने पो हो कि ! लुम्बिनी टुर जान पाए हुने तर खर्चिलो पो हुने हो कि ! एक दुई दिन शिक्षक शिक्षिका बीचमा कुरामा मात्र सीमित रह्यो। लक्ष्मी म्यामले केशव सरलाई भन्नुभएछ। टुर हुनै सक्दैन। के तपाईँ हुनसक्ने ठान्नुहुन्छ ? यसो खर्चको हिसाब गर्दा चन्द्र सरले भन्नुभयो कम्तिमा रु ३ हजार जम्मा गर्ने हो भने मात्र सम्भव छ ।यसको निम्ति जम्मै कक्षा नौ र १० का छात्र छात्राहरू अनिवार्य सहभागी हुनुपर्छ। एकातर्फ गाडीको भाडा रु ९० हजार पर्ने सुरुवाती कुरा एक दुई जना गाडी साहुसँग भयो। त्यस्तै त्यस्तैमा विद्यार्थीहरूका बीचमा पनि यो कुरा पुगिसकेको रहेछ। कक्षा १० का विद्यार्थीहरूले हामीहरू एक दुई जनाको अपुग रकम पनि उठाएर जान तयार छु। विद्यालयको तर्फबाट आवश्यक पहलको लागि अनुरोध सहितको पत्र हेडसरको टेबलमा पुग्छ। कक्षा १० को विद्यार्थीहरूबाट मात्र शैक्षिक अवलोकन भ्रमण सम्भव थिएन। यसको निम्ति कक्षा ९ बाट विद्यार्थीको अनिवार्य उपस्थिति आवश्यक थियो। तर पनि अभिभावक मा...

समाज सेवामा हराएको विगत !

 एक्लो पथिक ( धेरै ढिलो भएपनि सानो विगत ) पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै गर्दा सुदूरपश्चिमाञ्चल इन्जिनियरिङ विद्यार्थी समाजको सदश्य हुँदै सचिव र अध्यक्षको पद समाल्दै गर्दा समाजिक हित तथा सुदूरपश्चिममा रहेका विद्यार्थीहरुलाई के कसरी इन्जिनियर बनाउन सकिन्छ ? के कस्ता अवसर चुनौती छन् त्यो वारेमा छलफल चलिरहँदा म चौथो वर्षमा पुग्दा एउटा ठूलो टोलीको नेतृत्व गर्दै तयारीका साथ खर्च जुटाएर धनगढी महेन्द्रनगरका सम्पूर्ण +2 विज्ञान संकायका लाई स्वागत गरी भव्य तरिकाको कार्यक्रम संचालन गरियो । महेन्द्रनगरमा साइन्स कलेज तथा धनगढीमा उद्योग वाणिज्यहलमा कार्यक्रम तय भयो । मसँग रहेका मास्टर्स गर्दै गरेका दाजुले सिभिल इ . को मोडेल निर्माणको छोटो क्लिप तयार पारी रोचक प्रस्तुती दिनुभयो साथमा मेरो भाइहरुले आर्किटेक्ट विषय अन्तर्गतका , भुकम्प प्रतिरोधी संरचना निर्माण लोकस्ट भवन तथा गर्मि ठाउँमा चिसो भवन बनाउने डिजाइन +2 पढ्ने भाइबहिनीले बुझ्ने सैलीमा प्रस्तुत गर्दा सबै हौसिएका थिए । साथसाथै असारको झरीमा कलेज कलेजमा । I0E model Test संचालन रिजल्ट प्रकासन तथा पुरस्कार वितरण संग...