निरन्तर मूल्याङ्कन के / कसरी / किन ?
१.पाठ्यक्रमले निर्धारण गरेको आन्तरिक मूल्याङ्कनलाई निरन्तर रूपमा मूल्य निर्धारण गरी सुधार गरी पद प्रदर्शन गर्ने तथा विद्यार्थीहरूमा रहेका देखा परेका कमी कमजोरीहरू सुधार गर्दै जाने धेय । २.प्रविधिसँग जोडिएका अभिभावक तर भौतिक रूपमा विद्यार्थीको सबल र दुर्बल पक्षहरू प्रत्यक्ष रुपमा निरन्तर रुपमा अवलोकन गर्न कठिनाइ भएका दूर विदेश रहेका अभिभावकहरूलाई समयसमयमा विद्यार्थीको कक्षामा भए गरेको गतिविधिको बोध गराउन । ३.शिक्षकले प्रविधिको सदुपयोग गर्दै विद्यार्थीको उपलब्धिलाई पारदर्शी रुपमा सम्पूर्ण सरोकारवाला ज्यूहरूलाई अवगत गराउन । ४.मूल्याङ्कनका तौर तरिका तथा विधि बारे जानकारी गराउँदै कुन कुन पक्ष को मूल्याङ्कन कुन तिथिमितिमा भएको रहेछ र उक्त समयमा बालबालिकाहरू ले के कस्तो प्रतिक्रिया तथा कार्य गरेका रहेछन् समयमै आवश्यक सुधारका बारेमा योजना बनाउन । ५.मूल्याङ्कनसँग अभिभावकहरू बेलैमा मासिक मूल्याङ्कनको आधारमा गतिविधि हेरेर सुधारका बारेमा विषय शिक्षकसँग सरसल्लाह तथा परामर्श लिन दिन सक्छन् । यसरी प्रविधिको प्रयोग गरी शिक्षकले विद्यार्थीको मूल्याङ्कन गर्दा निम्न अवयवहरू परीक्षण गर्नेछन्। १.गृहकार्य ग...